मंगलबार , बैसाख २९, २०८३

भैरहवा, कार्तिक २६ गते ।

बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ । उक्त पार्टीले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा सहयोग गर्ने जनाएको हो ।

अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको काँग्रेस र यसका नेता गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खाँणको पक्षमा दिने बताए । कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP