सोमबार , अषोज २६, २०८३

सरकारले विदेशबाट आउँदा ल्याउने दुईवटा मोबाइलको भन्सार नलाग्ने निर्णय गरेको छ। तर यसका लागि शर्तसमेत राखेको छ।

यो सुविधा विदेश जाने सबै नेपालीले पाउने छैनन्। भन्सार छुटको सुविधा पाउन वैदेशिक रोजगारीमा गएको प्रमाण चाहिन्छ। त्यसका लागि श्रम स्वीकृति अनिवार्य गरिएको छ।

योसँगै वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले मात्र यो सुविधा पाउने छन्।

२०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा थपेको हो।

चोरीको मोबाइल रोक्न सरकारले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याएपछि वैदेशिक रोजगारबाट फर्कँदा एउटा मात्रै मोबाइल ल्याउन पाउने कानूनी प्रावधानको विरोध भएको थियो।

विरोधसँगे सरकारले तत्काल सो प्रणाली रोकेको थियो। कानून संशोधनसँगै सो प्रणाली पुन: शुरू गर्ने तयारी गरे पनि सरकारले गरेको छ। यद्यपि मिति भने तोकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP