शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन, २६ नोभेम्बर २०२६

उत्तरी क्षेत्र (Northern Territory) का प्रमुख सरकारी अधिकारी तथा सार्वजनिक स्थानहरूलाई लक्षित गरी बम विस्फोटको धम्की आएपछि डार्विनमा सुरक्षा सतर्कता बढाइएको छ। धम्कीपछि NT प्रहरी तथा सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक सुरक्षा कदम अघि बढाएका छन्।

बिहीबार बिहान सरकारी अधिकारीहरूलाई पठाइएको इमेलमा बाल संरक्षणसम्बन्धी नयाँ कानुनको विरोध गर्दै सरकारका प्रतिनिधि तथा सर्वसाधारणलाई समेत लक्षित गर्ने धम्की दिइएको बताइएको छ। धम्कीमा सरकारलाई नयाँ बाल संरक्षण कानुन फिर्ता लिन दबाब दिइएको थियो।

धम्कीको सूचना पाएपछि उत्तरी क्षेत्रका मुख्यमन्त्री Lia Finocchiaro लगायत केही मन्त्री तथा सांसदहरू सहभागी रहेको सार्वजनिक कार्यक्रमबाट सुरक्षा व्यवस्थामार्फत बाहिर निकालिएको थियो। मुख्यमन्त्रीलाई कार्यक्रमस्थलबाट सुरक्षित रूपमा संसद् भवन फर्काइएको बताइएको छ।

संसद्मा सम्बोधन गर्दै मुख्यमन्त्री Finocchiaro ले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै NT प्रहरीप्रति पूर्ण विश्वास रहेको जनाइन्। उनले यस्ता धम्कीले सांसदहरू मात्र नभई सरकारी कर्मचारी तथा समुदायमा समेत डर र तनाव सिर्जना गर्ने बताइन्।

उनले धम्कीपूर्ण व्यवहारको सबै पक्षबाट निन्दा गर्दै राजनीतिक मतभेद वा असन्तुष्टि व्यक्त गर्ने नाममा हिंसा र धम्की स्वीकार्य नहुने स्पष्ट पारिन्।

बाल संरक्षण कानुन, बालबालिकाको सुरक्षा, परिवारलाई सहयोग, आवास, घरेलु हिंसा नियन्त्रण तथा सरकारी सेवाको प्रभावकारितासम्बन्धी विषयलाई लिएर धम्कीपूर्ण इमेलमा असन्तुष्टि व्यक्त गरिएको बताइएको छ।

NT प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सुरक्षा निकायले सर्वसाधारणलाई आधिकारिक सूचना तथा प्रहरी निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP