मंगलबार , बैसाख २९, २०८३

एउटै एज्डकेयरमा काम गर्ने एक नेपाली दम्पत्तिको सडक दुर्घटनामा परी निधन भएको छ । स्थानीय कोफिल्ड दक्षिणमा सोमबार राति उनीहरु हरियो बत्तिमा सडकको देव्रेतिर घुम्दै गरेको अवस्थामा अर्को दिशाबाट आएको विएमडब्लु कारले रेडलाईटमा नै कारलाई तिव्र गतिमा ठोक्काएको थियो । २० वर्षीय एक युवकले चलाएको उक्त विएमडब्लु कार कम्तिमा पनि १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाइएको थियो ।

उक्त कारले ड्राईभर सिट भएकै ठाउँतिरबाट कारलाई ठक्कर दिएको थियो । घटनामा परी नेपाली दम्पत्तिको तत्कालै ज्यान गएको थियो भने कार ४० मिटर परसम्म घिस्रिएको स्थानीय प्रत्यक्षदर्शीहरुले प्रहरीलाई जानकारी दिएका छन् ।

दुर्घटना गराउने कारमा सवार चालक र अर्को एक व्यक्तिलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीले निजहरुलाई बयान लिनेछ भने मृतक नेपाली दम्पत्तिको शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

नेपालमा बुटवल घर भएका अधिकारी थरका दम्पत्तिको नजिकका आफन्तले नेपालमा रहेको परिवारलाई जानकारी गराइनसकेका कारण गोपनीयता कायम राखिदिन आग्रह गरेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले केविसीखबरलाई जानकारी दिए । उनले भने, “हामी परिवारकै सम्पर्कमा छौं । एकदमै दुखद घटना भएको छ । ३३ वर्षीय युवक र करिब २४ वर्षीय उनकी श्रीमती रहेको कारमा सवार उनीहरुले घटनास्थलमै ज्यान गुमाएको थाहा पाउँदा हामीहरु मर्माहत भएका छौं ।”

यद्यपि अष्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमले सुरुमा एक भारतीय दम्पत्ति सडक दुर्घटनामा परेको समाचार प्रशारण गरेका थिए । उनीहरुले पहिचान भने खुल्न बाँकी रहेको समेत जनाएका थिए ।

Pic Source : 9News

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP