सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियाको मेलबर्नबाट ६० किलोमिटर टाढा कोल्याकमा बसोबास गर्दै आएका ३० वर्षीय प्रमोद आचार्यको सडक दुर्घटनामा निधन भएको छ । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने उनी चढेको कार प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको थियो । बुधबार साँझ करिब साढे ६ बजे भएको दुर्घटनामा प्रमोदको कार र ट्रक ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको अर्को ट्रकका चालक सकुशल रहेको भएपनि प्रमोदको भने घटनास्थलमै ज्यान गएको छ ।

अष्ट्रेलियाका रिजनल बाटोहरुमा कोयला वा कंगारु अचानक आउँदा त्यसलाई बचाउने क्रममा निकै दुर्घटना हुने गरेका छन् ।
प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरु वा त्यस बाटोबाट ओहोर दोहोर गरेका अन्य सवारीसाधनलाई आफ्नो गाडीमा भएको ड्यासक्याममा केही गतिविधि कैद भएको भए सम्पर्क गर्न अनुरोध गरेको छ ।

सिड्नीमा बस्दै आएका प्रमोद केही समय अघि स्थायी बसोबासका लागि कामको चाँजो मिलाएर रिजनल भिक्टोरियाको कोल्याक सरेका थिए । स्थानीय क्याम्परटाउनमा रहेको एसटी जेनेटिक्समा काम गर्ने उनले कोल्याकमा अवस्थित अष्ट्रल होटलमा समेत पार्ट टाईम काम गर्दथे । होटलमा सँगै कार्यरत रहेका साथी सन्जीव बुढाथोकीका अनुसार प्रमोद एकदमै मेहनती र मिलनसार थिए । संगीतमा समेत रुचि राख्ने उनी आफ्नो कामबाहेक दायाँबायाँ केही नगर्ने व्यक्ति भएको बुढाथोकीले बताए ।

“काममा आउनुपर्ने समय भइसक्दा पनि नआएको अवस्थामा बुझ्दै जाँदा एक व्यक्ति दुर्घटनामा परेको खबर आयो । पछि प्रहरीले प्रमोद नै भएको भन्दै परिवारलाई सम्पर्क गरेको रहेछ । हामी सबै साथीहरु यहाँ मर्माहत भएका छौं । के गर्ने के नगर्ने सोच्न समेत सकेका छैनौं ।” उनले भने । दुर्घटनाको विषयमा मेलबर्न र सिड्नीमा रहेका प्रमोदका आफन्तजनलाई खबर गरिसकिएको समेत उनले जानकारी दिए । नेपालमा चितवन घर भएका प्रमोद आफ्नी श्रीमतीका साथ बस्दै आएका थिए ।

Source: KbcKhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP