मंगलबार , बैसाख २९, २०८३

ब्रिजबेनको नन्दा क्षेत्रमा मृत अवस्थामा भेटिनुभएका ३२ वर्षीया गोपाल बहादुर कार्कीको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालिएको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको शव नेपाल पठाउन १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित एनआरएन क्विन्सल्याण्डले गोफण्ड मी मार्फत सहयोग संकलन सुरु गरेको हो ।

विगत ६ वर्षदेखी नन्दा क्षेत्रमा श्रीमतिसहित बस्दै आउनुभएका कार्कीको शव दुईदिनअघि सडक छेउमा भेटिएको थियो । विगत ६ वर्षअघि अष्ट्रेलिया आउनुभएका कार्की अहिलेसम्म पनि विद्यार्थी भिसामै रहनुभएको थियो । शोकमा रहेका परिवारका सदस्यहरूलाई आर्थिक सहायताका माध्यमबाट सहयोग जुटाउन पहल गरिएको भन्दै एनआरएनए क्विन्सल्याण्डले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेपनि मानसिक तनाव एउटा प्रमुख कारण रहेको प्रारम्भिक आँकलन गरिएको छ ।

शोकसँगै आर्थिक समस्यामा फसेको कार्की परिवारलाई तपाई पनि आफूले सकेको सहयोग गर्न चाहानुहुन्छ भने गोफण्ड मीको यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ । तपाई हाम्रो सानो सहयोगले पीडामा परेको परिवारलाई ठूलो राहत पुग्नसक्छ । सबै मिलेर दुःख सुखमा हातेमालो गरौँ ।

https://www.gofundme.com/f/nrna-qlds-appeal-to-repatraite-gopal

@sOURCE:NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP