बिहिबार , जेठ १६, २०८२

ब्रिजबेनको नन्दा क्षेत्रमा मृत अवस्थामा भेटिनुभएका ३२ वर्षीया गोपाल बहादुर कार्कीको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालिएको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको शव नेपाल पठाउन १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित एनआरएन क्विन्सल्याण्डले गोफण्ड मी मार्फत सहयोग संकलन सुरु गरेको हो ।

विगत ६ वर्षदेखी नन्दा क्षेत्रमा श्रीमतिसहित बस्दै आउनुभएका कार्कीको शव दुईदिनअघि सडक छेउमा भेटिएको थियो । विगत ६ वर्षअघि अष्ट्रेलिया आउनुभएका कार्की अहिलेसम्म पनि विद्यार्थी भिसामै रहनुभएको थियो । शोकमा रहेका परिवारका सदस्यहरूलाई आर्थिक सहायताका माध्यमबाट सहयोग जुटाउन पहल गरिएको भन्दै एनआरएनए क्विन्सल्याण्डले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेपनि मानसिक तनाव एउटा प्रमुख कारण रहेको प्रारम्भिक आँकलन गरिएको छ ।

शोकसँगै आर्थिक समस्यामा फसेको कार्की परिवारलाई तपाई पनि आफूले सकेको सहयोग गर्न चाहानुहुन्छ भने गोफण्ड मीको यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ । तपाई हाम्रो सानो सहयोगले पीडामा परेको परिवारलाई ठूलो राहत पुग्नसक्छ । सबै मिलेर दुःख सुखमा हातेमालो गरौँ ।

https://www.gofundme.com/f/nrna-qlds-appeal-to-repatraite-gopal

@sOURCE:NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP