शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन, अष्ट्रेलिया | ७ नोभेम्बर २०२६

अष्ट्रेलियाको नर्दन टेरिटोरीस्थित डार्विनमा नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जनसम्पर्क समिति नर्दन टेरिटोरीको आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।

शनिबार, ७ नोभेम्बरमा डार्विनको Jingili Park मा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जनसम्पर्क समिति नर्दन टेरिटोरीका संयोजक मनीष सिम्खडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका कोषाध्यक्ष कृशार पाठकले गरेका थिए।

 

कार्यक्रमको सुरुवात दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि समितिका सदस्य किरण राउतले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेपालिज एसोसिएसन अफ नर्दन टेरिटोरी (NANT) का अध्यक्ष भवानी पौडेलले पनि उपस्थित सम्पूर्ण नेपाली समुदायलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।

 

कार्यक्रममा NANT का अध्यक्ष भवानी पौडेल, Darwin Hearts FC का सचिव निरन सुवेदी, NRNA NT का पूर्व अध्यक्ष सञ्जीव गोरखाली, NANT का कोषाध्यक्ष सन्दीप भुसाल, जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय सदस्य अनुपम ढुंगाना, परेश घिमिरे तथा पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने अतिथिहरूले विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। उनीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकतालाई बलियो बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रमको प्रमुख आकर्षण परम्परागत देउसी–भैलो प्रस्तुति रहेको थियो। नेपाली मौलिक भाका, गीत तथा सांस्कृतिक प्रस्तुतिसँगै सहभागीहरूले देउसी–भैलोको उल्लास साटासाट गरेका थिए। बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप रौनकपूर्ण बनाएको थियो।


अष्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र परम्पराबारे परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रमको समापन गर्दै आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यसमिति सदस्य, स्वयंसेवक तथा सम्पूर्ण डार्विनवासी नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ।

विदेशी भूमिमा पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिँदै भावी पुस्तासम्म नेपाली पहिचान हस्तान्तरण गर्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP