शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी बेपत्ता भएका अस्ट्रेलियाली नागरिकप्रति अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री अल्बानीजीले बाढीका कारण प्रभावित भएका तथा आफ्ना आफन्त गुमाएका परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी तथा उद्धारका लागि अस्ट्रेलिया सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। विदेशमन्त्री पेनी वङमार्फत अस्ट्रेलियाले नेपालमा भइरहेको खोजी तथा उद्धार कार्यमा आवश्यक समन्वय गरिरहेको जनाएको छ।

स्थानीय अधिकारीहरूका अनुसार रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोपछि ३४ जना अस्ट्रेलियाली नागरिक बेपत्ता रहेको रिपोर्ट गरिएको छ। उनीहरूको अवस्थाबारे पुष्टि गर्न अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (DFAT) ले नेपाली अधिकारीहरूसँग समन्वय गरिरहेको छ।

बाढी र पहिरोका कारण नेपाल र चीनको सीमा क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार नेपालतर्फ १५७ जनाको मृत्यु पुष्टि भएको छ भने चीनको तिब्बततर्फ थप तीन जनाको मृत्यु भएको बताइएको छ। यससँगै मृतकको संख्या कम्तीमा १६० पुगेको छ भने सयौँ मानिस अझै बेपत्ता छन्।

बाढीका कारण सडक, पुल, घर तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेकाले उद्धार कार्यसमेत कठिन बनेको छ। नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP