शुक्रबार , भाद्र १२, २०८३

रसुवा — बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तथा तटीय क्षेत्र प्रभावित भएका छन्।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्यसमेत जारी रहेको जनाइएको छ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सरकारले तथा सम्बन्धित निकायले सबैमा अपिल गरेका छन्।

बाढीपीडितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन इच्छुक व्यक्ति तथा संस्थालाई तल उल्लेखित बैंक खातामार्फत सक्दो आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।

विपद्को यस कठिन घडीमा बाढीपीडितको जीवनरक्षा र पुनःस्थापनाका लागि सबैको सहयोग आवश्यक रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP