सोमबार , अषोज २६, २०८३

रोजगारीका अवसर, तुलनात्मक रूपमा उच्च पारिश्रमिक, बलियो सम्पत्ति बजार र लगानीको वातावरणका कारण अस्ट्रेलिया विश्वकै धनी मुलुकमध्ये अग्रस्थानमा देखिएको छ।

यूबीएसको Global Wealth Report 2026 अनुसार अस्ट्रेलिया वयस्कको मध्यम सम्पत्ति (median wealth) का आधारमा विश्वमै तेस्रो स्थानमा रहेको छ। अस्ट्रेलियामा एक औसत वयस्कको मध्यम सम्पत्ति करिब ३ लाख ६ हजार अस्ट्रेलियन डलर पुगेको रिपोर्टले देखाएको छ। अस्ट्रेलिया भन्दा अगाडि लक्जेम्बर्ग र बेल्जियम छन्।

रिपोर्टअनुसार अस्ट्रेलियाको औसत सम्पत्ति (average wealth) भने प्रति वयस्क करिब ८ लाख ९४ हजार अस्ट्रेलियन डलर रहेको छ, जसका आधारमा अस्ट्रेलिया विश्वमा पाँचौँ स्थानमा छ।

अस्ट्रेलियाको कुल व्यक्तिगत सम्पत्ति बढ्नुमा घरजग्गा बजारको महत्वपूर्ण योगदान रहेको बताइएको छ। २०२५ मा अस्ट्रेलियामा अमेरिकी डलरमा करोडपति हुने मानिसको संख्या पनि करिब २५ हजारले बढेर १६ लाख पुगेको रिपोर्टमा उल्लेख छ।

यद्यपि, सम्पत्ति बढ्दै गएको तथ्यले सबै अस्ट्रेलियालीको आर्थिक अवस्था समान रूपमा सुधारिएको भन्ने अर्थ भने नलाग्ने विज्ञहरूको भनाइ छ। सम्पत्तिको ठूलो हिस्सा घरजग्गामा केन्द्रित भएकाले घरको स्वामित्व भएका र नभएका समूहबीचको आर्थिक अन्तर अझै महत्वपूर्ण विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP