सोमबार , भाद्र १५, २०८३

झापा । सरकारको नतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक्ला-एक्लै निर्वाचन लडे कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महामन्त्री शर्माले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सत्ता रहेका दलहरुबीच चुनावी तालमेल नभए बाम गठबन्धन हुने हुँदा चुनावी एकता गर्न परेको जिकिर गरे ।

निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गरेर सरकार बनाए पनि संसदबाट ऐन एवं विधेयक पारित गर्न कठिनाइ हुने हुँदा पनि गठबन्धन आवश्यक छ, उनले भने । केन्द्रीय समितिको निणर्य अनुसार भदौ १० गतेबाट मुलुकभर एकैसाथ सञ्चालन हुन लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका क्रममा टोल केन्द्रित भएर कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘अभियानका क्रममा जनगुनासो सुन्दै कांग्रेस नेतृत्वको सरकारले गरेका कामकाजको व्यापक प्रचार पनि गर्नुहोस् ।’

त्यस्तै बैठकमा कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दोधारे चरित्रले जनतालाई दिग्भ्रमित बनाएको आरोप लगाइन् । ओलीले नागरिकतासम्बन्धी विधेयकमा पनि दोधारे चरित्र देखाएको उनले आरोप लगाइन् ।

ओली नेतृत्वको सरकारकै पालमा वंशजको आधार, अङ्गीकृत नागरिकतासम्बन्धी अहिलेकै प्रावधान राखेर संसद्मा विधेयक प्रस्ताव भएको दाबी गर्दै उनले भनिन्, ‘अन्य थुप्रै समसामयिक राजनीतिक विषयमा पनि एमालेले दोहोरो चरित्र देखाउँदै आएको छ ।’

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्व र सचिव कृष्ण हुमागाईको सञ्चालन गरेको विस्तारित बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू, पूर्व सांसदहरू, पार्टीका पदाधिकारी सदस्य, पूर्व पदाधिकारी सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँनगर सभापतिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP