मंगलबार , बैसाख २९, २०८३

प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।

केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर ।

कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।

कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जनाएका छन्।

उनका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP