मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्काशन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई पार्टीबाट ५ वर्षका लागि निष्काशन गर्न सोमबार केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको हो ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ‚’ समितिले उल्लेख गरेको छ ।

यस्तै त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली समेत अभिलेखबाट हटाइने समितिले जनाएको छ । समितिमा उनीहरूको नामावली तत्काल पठाइ दिन समेत समितिले निर्देशन दिएको छ ।

हुम्लाका महासमिति सदस्य मंगलबहादुर शाही‚ बाराका पार्टी सदस्य धर्मेन्द्रप्रसाद यादव‚ बाराकका महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य रविन्द्रप्रसाद यादव‚ बाराका महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादवको नाम तत्काल अभिलेखबाट हटाउन समेत समितिले निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP