शनिबार , मंग्सिर १३, २०८३

अस्ट्रेलियामा सबैभन्दा बढी नेपालीको बसोबास रहेको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) राज्यका प्रिमियर क्रिस मिन्सले संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले उठाएको जलवायु परिवर्तनको मुद्दा तथा समाधानका सवालको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री शाहको जलवायु परिवर्तनसम्बन्धी प्रस्तुतीलाई विषयगत रूपमा निकै प्रभावशाली भन्दै मिन्सले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौती तथा हालैको विनाशकारी बाढीपछि पुनर्स्थापनाका प्रयासमा अस्ट्रेलिया नेपालसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिड्नीमा शुक्रबार आयोजित नेपाली समुदायको पुरानो सामाजिक संस्था नेपाली अस्ट्रेलियन एसोसिएसन (NAA) को ५०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रिमियर मिन्सले नेपालले भोगेको बाढीको विपत्तिप्रति चासो व्यक्त गरेका थिए। उनले भने, “तीन वर्षअघि नेपालले जुन दर्दनाक बाढीको सामना गर्नुपर्‍यो, त्यसमा हामी कसरी सहयोग गर्न सक्छौँ?”

मिन्सले अस्ट्रेलियामा नेपाली समुदायले साना व्यवसाय सञ्चालनदेखि सामाजिक तथा सामुदायिक उत्थानका क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरे। नेपाली समुदायले अस्ट्रेलियाको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनमा विशिष्ट स्थान हासिल गरेको उल्लेख गर्दै उनले समुदायको सक्रियता र योगदानलाई महत्वपूर्ण रहेको बताए।

नेपाली समुदायको पाँच दशक लामो सामाजिक यात्राको उत्सवका रूपमा आयोजित कार्यक्रममा प्रिमियर मिन्सको सम्बोधनले नेपाल–अस्ट्रेलिया सम्बन्ध, जलवायु परिवर्तनको मुद्दा र नेपाली समुदायको योगदानलाई थप महत्व दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP