शुक्रबार , मंग्सिर १२, २०८३

दक्षिण अस्ट्रेलियाको एडिलेडमा आज शनिबार, नोभेम्बर २८ मा आयोजना हुने छैटौँ नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाको आयोजनामा टोरेन्स परेड ग्राउन्डमा हुने महोत्सवमा ८ देखि १० हजारसम्म सहभागी हुने अपेक्षा गरिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए दक्षिण अस्ट्रेलियाका संयोजक थिर गुरुङले महोत्सवको तयारी पूरा भएको जानकारी दिँदै नेपाल फेस्टिभल नेपाली समुदायको साझा उत्सव मात्र नभई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको बताए।

उनका अनुसार महोत्सवले नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुका साथै नेपालको कला, संस्कृति, पर्यटन र मौलिक परम्परा प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ। उनले महोत्सव सफल बनाउन सहयोग गर्ने संघसंस्था, व्यवसायी, स्वयंसेवक तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै सबैलाई सपरिवार सहभागी हुन आग्रह गरे।

महोत्सवमा दक्षिण अस्ट्रेलियाका प्रिमियर प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै, बहुसांस्कृतिक मामिलामन्त्री, विपक्षी दलका नेता, स्थानीय तथा राज्य सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी र अन्तरराज्यबाट आउने विशिष्ट अतिथिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

नेपाल फेस्टिभलका कार्यक्रम संयोजक तथा एनआरएनए दक्षिण अस्ट्रेलियाका उपसंयोजक गणेश पराजुलीले महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २० वटा समिति गठन गरी तयारी गरिएको जानकारी दिए। उनले कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे।

एनआरएनए दक्षिण अस्ट्रेलियाका सचिव युवराज पहाडीले नेपाल फेस्टिभल नेपाली समुदायको ‘कुम्भमेला’का रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै स्थानीय तथा राज्य सरकार, नेपाली व्यवसायी, संघसंस्था र समुदायको सहकार्यले यति ठूलो कार्यक्रम सम्भव भएको बताए। युवा संयोजक संगम पाण्डेले नेपाली पहिचान र गौरवसँग जोडिएको महोत्सवमा योगदान गर्न पाउनु गर्वको विषय भएको बताए।

महोत्सवका मुख्य सांगीतिक आकर्षण नेपालबाट आएका चर्चित गायक अनिल सिंह र लोकप्रिय गायिका रचना रिमाल रहनेछन्। अनिल सिंहका ‘प्रेम पत्र’, ‘इन्जिन गाडी’ र ‘डुब्न देऊ’ लगायतका गीत तथा रचना रिमालका ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’ र ‘उनको प्रीति’ लोकप्रिय छन्। उनीहरूको विशेष सांगीतिक प्रस्तुतिसँगै स्थानीय कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि रहनेछ।

नेपाली मौलिक भेषभूषा, परम्परागत खानपान, कला, संस्कृति र सांगीतिक प्रस्तुतिले महोत्सवलाई विशेष बनाउने अपेक्षा गरिएको छ। नेपाली भाषा, कला, संस्कृति र परम्परालाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी भई नेपालीपनको उत्सव मनाउन आयोजकले दक्षिण अस्ट्रेलियावासी नेपाली समुदायलाई आमन्त्रण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP