मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी पूरा गरेको छ । सरकारले यस वर्षदेखि परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेअनुसार बोर्डले तीव्र गतिमा काम गरिरहेको हो ।

विगतमा नतिजा प्रकाशनका लागि करिब तीन महिना लाग्ने गरेकोमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलोपटक एक महिनाभित्रै नतिजा ल्याउन लागेको हो ।

बोर्डका अनुसार तोकिएको समयमै नतिजा सार्वजनिक गर्ने गरी सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ । बाँकी प्राविधिक काम समयमै सकिए त्योभन्दा केही दिन अगाडि नै पनि नतिजा सार्वजनिक हुन सक्ने बोर्डका अधिकारीहरुकोभ भनाइ छ ।

चैत १५ देखि सुरु भई २९ गते सकिएको यस वर्षको एसइई नतिजा यति छिटो सार्वजनिक हुनुमा बोर्डले अपनाएको विकेन्द्रीकृत प्रणाली मुख्य कारण मानिएको छ ।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गरिनेछ । यसअघिका वर्षहरूमा भने एसइईको नतिजा जेठ अन्तिम वा असार पहिलो साता मात्र सार्वजनिक हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP