मंगलबार , अषोज २७, २०८३

बुटवल । सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपाल को छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन वरिष्ठ पत्रकार टिकाराम यात्रीले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजसेवाका गतिविधि विस्तार गर्ने विश्वास व्यक्त गरे।

उनले सामाजिक कार्यमा निरन्तरता, दूरदर्शी सोच, स्पष्ट कार्ययोजना र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

अधिवेशनमा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनसँगै संस्थाले सामाजिक सेवा, जनचेतना तथा समुदाय विकासका कार्यक्रमलाई थप सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP