मंगलबार , अषोज २७, २०८३

काठमाडौं, वैशाख १७ – काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्ने लक्ष्यसहित चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

बुधबार भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिङबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्मको करिब ८ दशमलव २ किलोमिटर सडक विस्तार गरिनेछ। परियोजनाअन्तर्गत सडकलाई बहुल लेनमा स्तरोन्नति गर्नुका साथै पुल, ओभरपास र पैदल यात्रीका लागि संरचनाहरू निर्माण गरिने जनाइएको छ।

यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउनेछ। यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको थियो, जसले राजधानीको यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको थियो।

सरकारले परियोजना कार्यान्वयनमा देखिने समस्या छिटो समाधान गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्री लम्सालले आवश्यक समन्वय गरी काममा ढिलाइ हुन नदिने बताए।

चक्रपथ विस्तारको दोस्रो चरण लामो समयदेखि विभिन्न कारणले प्रभावित हुँदै आएको थियो। कर छुट सम्बन्धी निर्णयमा ढिलाइ, जग्गा विवाद तथा प्रशासनिक प्रक्रियाले काम अघि बढ्न सकेको थिएन।

त्यस्तै, विगतमा सम्झौता भए पनि निर्माण कार्य सुरु हुन नसक्दा स्थानीयवासीले धुलो र हिलोको समस्या भोग्दै आएका थिए।

नयाँ सम्झौतापछि अब परियोजना कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छ। यसले काठमाडौं उपत्यकाको ट्राफिक जाम घटाउने, सडक पूर्वाधार सुदृढ गर्ने तथा नेपाल–चीन आर्थिक सहकार्य थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP