मंगलबार , अषोज २७, २०८३

अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री समीर पाल कपूर तीनदिने भ्रमणका लागि आज नेपाल आएका छन्। उनी आज बिहान सवा ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्रोतको भनाइ छ । नेपालमा बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल आउने कपूर पहिलो उच्चस्तरको कुटनीतिज्ञ हुन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार कपूर नयाँ सरकारलाई बधाई दिन र काठमाण्डुको प्राथमिकता बुझ्न आएका हुन् । साथै, वाशिङ्टनले नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश पनि उनीमार्फत दिइनेछ । कपूरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि साथमा छन् ।

नेपाल बसाइँका क्रममा कपूरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका वाणिज्य संघका पदाधिकारीहरूसँग भेट गर्नेछन् । तर प्रधानमन्त्री शाहसँग पनि उनको भेटबारे केही बताइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP