शनिबार , भाद्र १३, २०८३

गृहमन्त्री सुधन गुरुङ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रमुख आयुक्त प्रेमकुमार राई सँग भेट गरी भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनलाई तीव्र बनाउन आग्रह गरेका छन्।

गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ तीन दिनअघि टोलीसहित राईलाई भेट्न पुगेका थिए। भेटमा उनले सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै आवश्यक सूचना र जनशक्ति उपलब्ध गराउन तयार रहेको बताएका थिए। साथै, कसैलाई नछाड्न र ठूला भ्रष्टाचारका फाइलहरू धमाधम खोल्न निर्देशनात्मक सन्देश दिएका थिए।

यसअघि पनि प्रमुख आयुक्त राईले निष्पक्ष अनुसन्धान गर्दै पूर्वप्रधानमन्त्री तथा पूर्व मुख्यसचिवहरू समेत मुछिएका ठूला भ्रष्टाचारका मुद्दामा अभियोजन गरेको जानकारी गृहमन्त्रीलाई गराएका थिए।

गुरुङको समर्थनपछि राजनीतिक दबाबका कारण रोकिएका ‘ठूला माछा’ संलग्न दर्जनौँ भ्रष्टाचार काण्डहरूको अनुसन्धान अब तीव्र गतिमा अघि बढाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP