शनिबार , भाद्र १३, २०८३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले आजदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य एकैपल्ट हालसम्मकै धेरै बढाएको हो ।

निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेल प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपैयाँले वृद्धि भएको छ । तर, नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको हो । मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।

बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार बढ्दै गएपछि निगमले एकैपटक ठूलो परिमाणमा माग बढ्दा आपूर्तिले धान्न नसक्ने स्थिति बन्न सक्ने भन्दै शुक्रबारदेखि ७.१ किलोग्राम (आधा सिलिन्डर) मात्र ग्यास बजारमा पठाउन थालेको छ।

मध्यपूर्वमा देखिएको तनावका कारण पछिल्लो समय भारतमा इन्धनको चरम संकट उत्पन्न भइरहेको छ । नेपाल पेट्रोलियम पदार्थमा भारतसँग पूर्ण निर्भर रहेकाले क्षेत्रिए तनावको असर नेपालमा पनि देखिन सुरु भएको छ । मध्यपूर्व क्षेत्रमा भइरहेको युद्वका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP