बुधबार , असार १७, २०८३

रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट निर्वाचित सांसद बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । शाहले पितृशोकमा रहेका ओलीप्रति भने समवेदना प्रकट गरेका छन् । पिताजस्तो रक्षक कोही नहुने, पिताजस्तो गुरु कोही नभएको र पिताजस्तो देवता पनि कोही नभएको कुरा शाहले स्मरण गराएका छन् ।

उनले केही समयअघि मात्र आफूले पनि पिता गुमाएकोले पिताको अनुपस्थितिले जिन्दगीमा कत्ति रित्तोपना ल्याएको र अपुरणीय अभाव ल्याएको कुरा महुशस गरेको पनि स्मरण गराएका छन् ।

उनले लेखेका छन्

नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।
‘पात्र एक, भूमिका अनेक।’
केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। 😥
पूर्व प्रधानमन्त्री K. P. Sharma Oli ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP