मंगलबार , अषोज २७, २०८३

टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिएसपी खनालले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरि कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो ।

मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ, डिएसपी खनालले नेपाल प्रेसलाई बताए ।

टिकटकर कार्की जापान बस्दथे । उनी केही दिनयता नेपाल फर्किएर चुनावी माहौलको भिडियो बनाएर टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP