मंगलबार , अषोज २७, २०८३

काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।

आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ र मानिसहरू आपसी सद्भावका साथ रङ्ग र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक मान्यताअनुसार भक्त प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले दुष्टतामाथि सत्यको जीतको सन्देश दिने विश्वास गरिन्छ ।

पहाडी जिल्लामा बिहानैदेखि बालबालिकादेखि युवासम्म समूह–समूहमा निस्केर अबिर, पानी र रङ्ग खेल्ने क्रम चलेको छ । घरपरिवार र आफन्तसँग भेटघाट, शुभकामना आदानप्रदान र मिठा परिकार सेवन गर्दै पर्व मनाउने परम्परा पनि कायम छ ।

यसैबीच प्रशासनले मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि नगर्न र वातावरणमैत्री रङ्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई सुझाव दिइएको छ । तराईका जिल्लामा भने परम्पराअनुसार भोलि होली मनाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP