मंगलबार , अषोज २७, २०८३

प्रदिप कंडेल/ पाल्पा । रम्भा गाउँपालिकाका स्वतन्त्र युवाहरूले फोहोर व्यवस्थापनको दिगो समाधानको माग गर्दै स्थानीय सरकारलाई सामूहिक खुला पत्र सार्वजनिक गरेका छन्। खुला पत्रमार्फत युवाहरूले बढ्दो फोहोर समस्या प्रति गम्भीर ध्यानाकर्षण गराउँदै समयमै समाधान नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
युवाहरूले सामाजिक सञ्जालमा फोहोर देखाएर गाउँलाई बदनाम गर्ने उद्देश्य नरहेको स्पष्ट गर्दै, स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने नागरिकको आधारभूत अधिकारको विषय उठाएका छन्। “सरकारले युवालाई गाउँमा रोक्न सकेन, तर फोहोरलाई भने जतन गरेर राख्न सफल भएको छ,” खुला पत्रमा उल्लेख गरिएको छ।

खुला पत्रमा उत्तरबाहिनी क्षेत्रलाई धार्मिक हब बनाउने नाममा बजेट छुट्याइए पनि कालीगण्डकी नदीमा बग्ने फोहोरको व्यवस्थापनमा ध्यान नदिइएको भन्दै प्रश्न उठाइएको छ। फोहोर व्यवस्थापन बिना धार्मिक पर्यटनको विकास सम्भव नहुने उल्लेख गर्दै, यसरी बजेट खर्च हुनु सदुपयोग नभई दुरुपयोग भएको युवाहरूको ठहर छ।
युवाहरूले स्थानीय सरकार नागरिक सचेतना र फोहोर व्यवस्थापन दुवैमा चुकेको आरोप लगाएका छन्। बढ्दो शहरीकरणलाई बेवास्ता गर्दै आजका लागि मात्र सोच्नु दीर्घकालीन रूपमा घातक हुने उनीहरूको भनाइ छ।
खुला पत्रमार्फत युवाहरूले स्थानीय सरकारसमक्ष तीन मुख्य माग अघि सारेका छन्।
फोहोर व्यवस्थापनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न
पालिकाभित्र फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान तोक्न
कम्तीमा एउटा ट्र्याक्टर खरिद गरी नियमित रूपमा फोहोर संकलन सुरु गर्न
युवाहरूले माग सम्बोधन नभएसम्म अभियान नरोकिने स्पष्ट पार्दै, आफ्ना आवाज रचनात्मक ढंगले निरन्तर उठाइरहने बताएका छन्। “लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष प्रश्न हो, र प्रश्न सुन्ने तथा कार्यान्वयन गर्ने दायित्व नेतृत्वको हो,” खुला पत्रमा उल्लेख छ।
रम्भाका युवाहरूले आफूहरू कसैलाई राम्रो वा नराम्रो बनाउने उद्देश्यमा नरहेको भन्दै, स्थानीय सरकारले जनताको आवाज बेवास्ता नगर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अन्त्यमा फोहोरमुक्त र स्वच्छ रम्भा गाउँपालिकाको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP