बुधबार , असार १७, २०८३

उज्यालो नेपाल पार्टी खोलेर २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका बहालवाला उर्जामन्त्री कुलमान घिसिङ एक साता नबित्दै असन्तुष्ट बनेका छन् । रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रास्वपाले अघि सारेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच एकता भएपछि कुलमानलाई पनि रास्वपामा समाहित गरिएको थियो ।

सुरुमा कुलमानले सम्मानलाई दाउमा राखेर कसैसँगपनि आत्मसमर्पण नगर्ने बताउँदै आएका थिए । तर, हामी नेपालीका संयोजक सुदन गुरुङको जोडबलमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समयमा कुलमान पनि रास्वपामा प्रवेश गरेका थिए । उनलाई रास्वपामा पहिलो वरियताको उपसभापति दिईएको छ । कुलमान रास्वपामा विलय भएपछि उनलाई पार्टी खोल्नको लागि साथ दिएका थुप्रै राम्रा नेताहरुले साथ छोड्ने तयारी गरेका छन् ।

कतिपय पहिचानवादी नेताले त एकता प्रक्रियालाई नै साथ नदिएको बताईन्छ । कुलमानले यो विषयमा रास्वपाका सभापति लामिछाने र बालेनसँग छलफल गरेका थिए । उनले रास्वपाले पहिचानको पक्षमा लिनुपर्ने अडानको विषयमा जिज्ञासा राखेको बताईन्छ । यसबारेमा लामिछाने र शाहले स्पष्ट जवाफ नदिएपछि उनले आज आफ्नो टिममा रहेका नेताहरुलाई निर्वाचन आयोगमा समानुपातिकतर्फको छुट्टै सूची बुझाउनेबारे मिल्ने वा नमिल्नेबारे बुझ्न पठाएका थिए ।

किनकी उनेपाले बन्दसूची बुझाउनको लागि पुष १४ गते छुट्टै निसा लिएको थियो । त्यहीभएर उज्यालो नेपाल पार्टीका नेताहरु आज आयोग पुगेका हुन् । कुलमानले रास्वपामा १४ जनाको नाम समावेश गराएका छन् । तर, यीमध्ये दलित कोटाबाट महिलामा रिमा विश्वकर्माबाहेक सांसद बन्ने सुनिश्चित्ता नदेखिएको पनि कुलमानको टिमले आँकलन गरेको छ। १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचनमा पनि सम्मानजनक सिट र जित्ने क्षेत्र नपाउने स्थिति आए कुलमान आफ्नै तवरले अघि बढ्ने उनीनिकट स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP