शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगका पेश गरेको समानुपातिकतर्फको बन्दसूची सच्याउने भएको छ । बन्दसूचीमा समावेश भएको उम्मेदवारको बारेमा पार्टीभित्र आलोचना र असन्तुष्टि बढेपछि सच्याउने पक्षमा रास्वपा उभिएको हो ।

रास्वपाको सचिवालयले विज्ञप्ति जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने प्रष्ट पारेको हो ।

‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पौष बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP