मंगलबार , बैसाख २९, २०८३

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संकट अझै पनि टरिनसकेको बताएका छन् । प्रचण्डले जेन–जी आन्दोलनको नाममा ठूला–ठूला देशहरुले भू–राजनीतिक चलखेल गरेको बताएका हुन् । जेनजी महोत्सवलाई सम्बोधन गर्दै उनले नेपालीहरु मिसाइल तेर्स्याएर विदेशी हस्तक्षेपलाई रोक्न सक्ने स्थितिमा नरहेको बताए । तर, तीन करोड नेपाली एक ढिक्का भएर लडाईँको मैदानमा अगाडि बढ्न सक्ने तागत भने नेपालीहरुसँग रहेको उनले बताए ।

राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्ने उनले बताए । राष्ट्रको आत्मसम्मान, अधिकार र पहिचानको रक्षाका लागि आफूहरुले नेपाली कम्युनिष्ट पार्टी बनाएको उनले बताए ।

साथै, प्रचण्डले जेन–जी महोत्सवको उद्घाटन सत्र सोचेजस्तो नभएको भन्दै असन्तुष्टि जनाए । उनले हल खाली भएको देख्दा आफूलाई नमिठो–नमिठो लागेको बताए । उनले भने, ‘उद्घाटन समारोह जस्तो हुनुपर्थ्यो, त्यस्तो नभएको देख्दा मलाई नमिठो नमिठो लागेको छ । आउने दिनमा यस्तो नगर्नु होला । यो हल खचाखच पार्न तपाईँहरुलाई केही गाह्रो थिएन । तपाईँहरुले वाईसीएल, महिला, मजदुरलाई भन्न सक्नुहुन्थ्यो । त्यहाँ पनि जेन–जी छन् । आउने दिनमा राम्रो तयारी गर्न म विशेष निर्देशन पनि दिन चाहन्छु,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP