बुधबार , असार १७, २०८३

नेकपा (एमाले)का नेता महेश बस्नेतले सरकारका दुई मन्त्रीमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले ती आरोपको व्यंग्यात्मक जवाफ दिएका छन्।

मंगलबार बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्ब रुपैयाँको सेटिङ गरेको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उक्त पोस्टलाई नै आधार बनाएर मन्त्री पुनले एमाले र बस्नेतमाथि तिखो टिप्पणी गरेका छन्।

पुनले बस्नेतको अभिव्यक्तिलाई “हाँसउठ्दो” भन्दै प्रतिक्रिया दिएका छन्।
उनले एमाले नेतृत्व सत्तामा हुँदा देशको कायापलट गरेझैँ प्रस्तुत गर्ने तर अहिले अरूलाई अर्ती दिने प्रवृत्ति आफूलाई अचम्म लाग्ने बताएका छन्।

पुनले लेखेका छन्—
“के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले। म त हाँसेरै मर्छु कि क्या हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP