बुधबार , असार १७, २०८३

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । नेताद्वय विप्लव र प्रकाण्ड केही दिनअघि बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा प्रधानमन्त्री कार्की देशको परिस्थिति देखेर चिन्तित भएको नेता प्रकाण्डले बताए ।

‘हाम्रो महासचिव र म गएर भेटेको हो । उहाँ प्रधानमन्त्री भइसकेपछि जिम्मेवार राजनीतिक पार्टीको लिडरले भेटेको पहिलो पटक हो । प्रधानमन्त्रीज्यूको आशय र इमादारितामा कोही शंका गर्ने ठाउँ छैन । जुन स्थितिमा उहाँले सम्हाल्नुपर्यो, यो जटिल परिस्थितिले उहाँ धेरै चिन्तित हुनुहुन्छ । जो आगामी उहाँको कार्यभार छ, त्यो कार्यभारको निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा धेरै जटिलता र धेरै षड्यन्त्रहरु बढिराखेको छ भन्ने उहाँको फिलिङ छ,’– नेता प्रकाण्डले भने ।

साथै, नेता प्रकाण्डका अनुसार प्रधानमन्त्री कार्कीले देशलाई भ्रष्टाचारको अजिङ्गरले निलिसकेको र यही स्थितिमा भ्रष्टाचारबाट मुक्त गराउन सकिने अवस्था पनि नरहेको भन्दै चिन्ता व्यक्त गरेकी थिईन् । ‘उहाँले भनेको कुरा– देश भ्रष्टाचारको अजिङ्गरले यसरी निलिसक्यो कि, यही स्थितिमा भ्रष्टाचारबाट देशलाई मुक्त गर्न सकिँदैन । त्यसो भएको हुँदा एउटा ठूलो अभियान चाहिन्छ । निर्मम अभियान चाहिन्छ भन्नुभयो,’– प्रधानमन्त्री कार्कीको भनाइ उदृत गर्दै नेता प्रकाण्डले भने ।

साथै, प्रधानमन्त्री कार्कीले अहिलेको राज्यको संरचनामा कर्मचारीतन्त्रभित्र पनि भ्रष्टाचारको डरलाग्दो रहेको प्रधानमन्त्री कार्कीले बताएकी थिईन् । उनले आफूहरुलाई कर्मचारीतन्त्रले थुप्रै काम गर्न नदिएको गुनासो पोखिन् । प्रधानमन्त्री कार्कीले विप्वल, प्रकाण्डजस्तो फ्रेस र जनताले विश्वास गरेका नेताहरु निर्वाचनमा सहभागी हुनु आजको आवश्यकता रहेको पनि बताईन् । उनले आफूलाई फ्रेस लिडरहरुको मद्दत जरुरत रहेको पनि बताईन् ।

नेता प्रकाण्डले सो क्रममा आफूहरुले देशको समग्र स्थितिलाई दृष्टिगत गरेर, राष्ट्रिय सहमति बनाएर सर्वपक्षीय सहमति बनाएर अगाडि जान सुझाव दिएको पनि बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले नै राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने सरकार बनाउनुपर्यो भनेर नेकपा (माओवादी) ले भनेको उनले सुनाए । सर्वपक्षीय सहमति जुटाएर आगामी बन्ने सरकारको निम्ति सकारात्मक भूमिका खेल्नुस् भनेर आफूहरुले प्रधानमन्त्री कार्कीलाई सुझाव दिएको नेता प्रकाण्डले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP