बुधबार , असार १७, २०८३

Watch Namelist

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको नामावलीमा डाक्टर, इञ्जिनियरहरू प्रशस्तै छन्।

पार्टीको अध्यक्ष नै इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय हुन्। त्यसबाहेक सदस्यहरूमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही इञ्जिनियर छन्।

त्यस्तै, डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी, डा. आशुतोष विजय पन्तको नाम पनि सदस्यका रूपमा उल्लेख छ।

कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि सदस्य छिन्।

कुलमान घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। यो दलको चुनाव चिह्न ‘चिम’ रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पदाधिकारी हेरफेरका लागि आयोगमा उज्यालो नेपाल पार्टीले निवेदन दिएको सेतोपाटीलाई जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP