शनिबार , भाद्र १३, २०८३

लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ राजनीतिक दल गठनको तयारी अघि सारेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका घिसिङले ‘उज्यालो नेपाल पार्टी’ नाममा दल दर्ता प्रक्रियाको गृहकार्य थालिसकेका छन्।

दलको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहनेछन्। सरकारले घिसिङलाई मन्त्री बनाएको हुँदा उनी हालका लागि प्रत्यक्ष रूपमा पार्टीमा सक्रिय नहुने बताइएको छ। ५१ सदस्यीय केन्द्रीय समिति बनाएर दल दर्ता गर्ने तयारी भइरहेको छ।

यो पार्टी गठनको पहलमा जोडिएका जितराम लामाका अनुसार पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रस्ताव गर्ने तयारी छ। पार्टीमा रास्वपा परित्याग गरेकी निवर्तमान सांसद सुमना श्रेष्ठ पनि रहने चर्चा छ, तर समितिमा उनको समावेशबारे अन्तिम टुंगो लाग्न बाँकी छ।

नामबारे भएको छलफलमा सुमना श्रेष्ठले नेपाल विकास दल वा नेपाल जनसेवा पार्टी जस्ता विकल्प सुझाए पनि घिसिङको पक्षमा ‘उज्यालो नेपाल’ नाम नै कायम गर्ने सहमति बनेको स्रोतले जनाएको छ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीका केही नेताहरू र मेयर बालेन शाह निकट समूहले पनि यही नाम उपयुक्त भएको टिप्पणी गरेपछि अन्तिम सहमति ‘उज्यालो नेपाल’ नाममै पुगिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP