मंगलबार , बैसाख २९, २०८३

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । उक्त आयोगले लामिछानेको बयान लिन लागेको हो । स्रोतले जनाएअनुसार आजै लामिछानेको बयान लिने तयारी रहेको छ ।

सहकारी ठगी मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा छन् । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्किएका थिए । उनी केही समयपछि आफैं कारागार फर्किएका थिए । लामिछानेकै कारण धेरै कैदीबन्दीहरु जेलबाट भाग्न सफल भएको आरोप उनीमाथि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP