मंगलबार , असार १६, २०८३

नेकपा (एमाले) का सचिव एवं पूर्व मन्त्री योगेश भट्टराईले नेपालले चीनको ‘ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स’ मा सहभागिता जनाउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ग्लोलब डेभलपमेन्ट इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभमा नेपालको आपत्ति नभए पनि ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स सैन्य अवधारणा भएकाले त्यसमा सहभागी हुनु उपयुक्त नहुने बताएका हुन् । पूर्व मन्त्री भट्टराईले चिनियाँ विदेश मन्त्रालयले निकालेको वक्तव्यमा नेपाल ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्समा सहभागी भएकाले उल्लेख भए पनि नेपाली दूतावासले निकालेको विज्ञप्तिमा सो कुरा उल्लेख नरहेको बताए । यस विषयमा बुझेर थप प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

‘पहिला पनि हामीले भाग लिँदै आएका हौं । ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स यो चाहिँ सैन्य अवधारण हो कि भन्ने बुझाइ छ । त्यसकारण हामी कुनै पनि देशको सैन्य अवधारणामा सामेल छैनौं । त्यसकारण नै अमेरिकाले प्रस्ताव गरेको एसपीपी, अन्य कतिपय प्रस्तावहरुमा हामीले सहमति जनाइराखेका छैनौं । यस विषयमा अझै ज्यादा छलफल, विचार विमर्श गर्नुपर्छ । अहिले नै नेपाल त्यहाँ पुगिसकेको अवस्था देखिँदैन । चीनमा रहेको नेपाली दूतावासको तर्फबाट निकालिएको वक्तव्यमा यो खालको आशय कहीँ पनि व्यक्ति भएको छैन । चिनियाँ विदेश मन्त्रालयले निकालेको वक्तव्यमा त्यो कुरा उल्लेख भएको देखिन्छ । तर, हाम्रो दूतावासले निकालेकोमा यो कुरा उल्लेख भएको छैन । त्यसैले थप स्पष्ट भएपछि धारणा बनाउन सकिन्छ । अहिले नै हामी ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्समा सहभागी भइसक्यौं भन्ने कुरा मलाई लाग्दैन,’– उनले भने ।

सुरक्षा सन्दर्भमा नेपालले पहिला पनि निर्णय नलिएको र अहिले पनि निर्णय नलिएको उनले बताए । नेपालले औपचारिक ढंगले त्यस विषयमा कुनै निर्णय नगरेको उनको भनाइ छ । साथै, उनले चीनले नेपालको भूमिमार्फत भारतसँग व्यापार गर्ने सन्दर्भमा गरेको सहमतिबाट चीन पछि हटोस् भन्ने कुरा नेपालले प्रष्ट राखेको उनले बताए । लिपुलेक, लिम्पियाधुरा र कालापानी काली नदीभन्दा पूर्वको भूमि नेपालको हो भन्नेमा कुनै विमति नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP