शनिबार , भाद्र १३, २०८३

सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो ।

लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । तर, कारागार विभागले भने उनलाई नख्खु ल्याउनको लागि अनुमति दिएको हो ।

विभागकाअनुसार लामिछानेलाई काठमाडौं ल्याईने प्रक्रिया थालिएको छ । रुपन्देही कारागारमा लामिछानेलाई न्यूनतम मानवअधिकारको पनि प्रत्याभूति नहुनेगरि राखिएको भनेर समाचार आएपछि मानवअधिकार आयोगको टोली स्थलगत अवलोकनको लागि पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP