मंगलबार , बैसाख २९, २०८३

निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि–२०८२ को विरुद्धमा विभिन्न १० राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । राजनीतिक दलहरूको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पर्नेगरी आयोगले कार्यविधि मस्यौदा गरेको उनीहरुको ठहर छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्मविपरीत रहेको बताएका छन् ।

‘संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको हुँदा यसप्रति हाम्रो स्पष्ट असहमति तथा विरोध छ। बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुयाउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य छ। अतः हामी राजनीतिक दलहरूले सामूहिक रूपमा यो कार्यविधि कुनै हालतमा स्वीकार्य छैन भन्ने साझा धारणा बनाएका छौं,’– उनले भने ।

माओवादीसहित विभिन्न १० राजनीतिक दलहरूले आयोगलाई सचेत गराउँदै कार्यविधिको मस्यौदालाई अघि बढाउने कार्य तुरुन्त रोकेर संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन् । अन्यथा हामी यसविरुद्ध थप राजनीतिक तथा कानुनी कदम चाल्ने उनीहरुको चेतावनी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP