मंगलबार , असार १६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ ।

त्यस्तै, रास्वपाले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयक ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीलाई ‘संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार’ भनेको छ ।

कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई बेवास्ता नगरी यस कार्यमा संलग्नहरूलाई छानबिन र दोषीमाथि कारबाहीको माग रास्वपाले गरेको छ ।

त्यस्तै, आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा रास्वपाको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमासमेत छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP