मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फसेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गृहमन्त्रीको राजीनामा माग्दै बेल घेराउमा पुगेको रास्वपालाई फर्किन गाह्रो भइरहेको बताएका हुन् । उनले रास्वपा पनि एक राजनीतिक शक्ति रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान खोजिने बताए । भिजिट भिसा प्रकरण छानविनका लागि समिति गठन हुनुपर्ने र गृहमन्त्रीले राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने मागसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को माग रहेको छ । रास्वपाले सदनमा अवरुद्ध गरिराखेको छ भने राप्रपाले बैठक नै बहिस्कार गर्दै आएको छ ।

‘गृहमन्त्रालयका कर्मचारी पनि मुछिएका होलान् । अहिले अख्तियारले अनु्सन्धान सुरु गरेको छ । अहिलेसम्म कसैमाथि अभियोजन भएको छैन । मुद्दा अभियोजन जुन बेला होला, त्यही बेला हामी सबैलाई थाहा होला कि को–को यसमा संलग्न छन् भन्ने कुरा मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ । अहिले त के भएको हो भनेर अनुसन्धानकै प्रक्रियामा छ । कर्मचारी पनि दोषी भन्न मिल्दैन । अहिले नै मानव बेचविखन भयो, गृहमन्त्रीले मान्छे बेच्यो भनेर बेतु्कको कुरा गर्ने बेअर्थ छ । यो कुरामा उहाँहरु फस्नुभयो । उहाँहरुले अनावश्यक माग राखेर एउटा हदसम्म पुग्नुभयो । बेल घेराउमा पुग्नुभयो, पुगेपछि उहाँहरुलाई पनि फिर्ता हुन गाह्रो भएको होला । राजनीतिक शक्ति हो, त्योसँग पनि वार्ता गरेर सहमतिमा पुर्याउँछौं,’– उनले भने ।

साथै, जान चाहनेहरुलाई पैसा लिएर पठाइएको कुरालाई मानव तस्करी भन्न नमिल्ने उनको तर्क छ । ‘जो मान्छे जान चाहन्थ्यो, जान चाहनेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो । यो मानव बेचिखन भनेको के हो ? तपाईँलाई लगेर मैले कतै बेचेँ, तपाईँलाई कहीँ पुर्याएर मैले लाभ लिएँ भने भने पो त्यो मानव बेचबिखन हुन्छ त । जेलाई पनि मान बेचविखन भन्दिने ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP