शनिबार , भाद्र १३, २०८३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) ले भाषणमा मात्रै एकताको कुरा गरेको बताएका छन् । आज (मंगलबार) बेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले आफूहरुले एकता गर्ने भनेर पास गरेको १० महिना बितिसक्दा पनि माओवादीले निर्णय गर्न नसकेको बताएका हुन् ।

‘माओवादी आन्दोलनको विशाल रुपान्तरण आवश्यक छ । साच्चै नै आवश्यक छ । पारदर्शी जीवन, हामीले बनाउनै पर्छ । मैले प्रचण्डसँग भनेको छु– एकता गर्ने भनेर हामीले पास पनि पर्यौं । १० महिना अगाडि हामीले पास गरेर आएका छौं । तर, माओवादीले निर्णय गर्न सकेन । भाषणमा एकताको कुरा गर्ने र दोहोरो कुरा पनि गर्न हुँदैन हामीले । हामीले जे कुरा हो, त्यही कुरा गर्नुपर्छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP