
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) ले भाषणमा मात्रै एकताको कुरा गरेको बताएका छन् । आज (मंगलबार) बेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले आफूहरुले एकता गर्ने भनेर पास गरेको १० महिना बितिसक्दा पनि माओवादीले निर्णय गर्न नसकेको बताएका हुन् ।
‘माओवादी आन्दोलनको विशाल रुपान्तरण आवश्यक छ । साच्चै नै आवश्यक छ । पारदर्शी जीवन, हामीले बनाउनै पर्छ । मैले प्रचण्डसँग भनेको छु– एकता गर्ने भनेर हामीले पास पनि पर्यौं । १० महिना अगाडि हामीले पास गरेर आएका छौं । तर, माओवादीले निर्णय गर्न सकेन । भाषणमा एकताको कुरा गर्ने र दोहोरो कुरा पनि गर्न हुँदैन हामीले । हामीले जे कुरा हो, त्यही कुरा गर्नुपर्छ,’– उनले भने ।