शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए।

‘हामी अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई सातासम्म संसद् अवरुद्ध पारेको माओवादीले गएको शुक्रबार नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको थियाे। तर, यही प्रकरणमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने अझै संसद् अवरुद्ध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा लामो समयसम्म संसद् अवरुद्ध गरेको माओवादीले बेअर्थको दुईबुँदे सम्झौता गरेको भन्दै कतिपयले आलोचना गरिरहेकाे सन्दर्भमा प्रचण्डकाे यस्ताे भनाइ आएकाे हाे।

प्रचण्डले बजेट माथिको छलफलका लागि संसद्को अवरोध हटाउनु परेको बताए।

‘दुई बुँदे सहमति गरेर संसद् खोल्नु हामी जिम्मेवार ढंगले प्रस्तुत हुनु पनि हो,’ उनले भने, ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तर, परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होला? भन्ने पनि लाग्न सक्छ।’

प्रचण्ड सोमबारदेखि चितवनमा छन्। यसक्रममा उनले भरतपुरमा निर्मित प्रज्ञा स्मार्ट पार्कको अवलोकन गरेका छन्।

File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP