शनिबार , भाद्र १३, २०८३

उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको आरोपमा मधेस प्रदेशसभाका सदस्य सरोजकुमार सिंहलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियारले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ आफ्नो, श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको पाइएपछि साँझ ६ बजेर ३ मिनेट जाँदा पक्राउ गरेको जनाएको छ।

सिंहलाई अख्तियारको टोलीले बिहीबार काठमाडौँको रत्नराज्य विद्यालय क्षेत्रबाट पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP