शुक्रबार , जेठ ३१, २०८२

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्।

अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।

चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। त्यसको नेतृत्व प्रसाईँले गरेका थिए।

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।

प्रसाईँविरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो।

जिल्ला अदालतले उनीसहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो।

थुनामै रहने प्रतिवादीहरू
दुर्गाप्रसाद प्रसाई- भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं ५
तारा राजावादी भन्ने सरोज गौतम- भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं १
अनुप राजावादी भन्ने गोकर्ण शाही- ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं १९
डण्डपाणि रेग्मी- कैलाली, धनगढी उपमहानगरपालिका वडा नं २
सुशील बराल- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ३२
केशव बस्नेत- रामेछाप, गोकुलगंगा गाउँपालिका वडा नं ४
कुमार तामाङ- सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा नं ९

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 84 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP