शुक्रबार , जेठ ३१, २०८२

भिजिट भिसा प्रकरणमा विपक्षीहरुको मागबमोजिम छानबिन समिति बन्ने भएको छ । यसको लागि नेपाली कांग्रेस तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिएको इनिसिएशनले सार्थकता पाएको छ ।

दाहालले नेपाली कांग्रेसका नेताहरुसँग लगातार छलफल गरेका थिए । विपक्षीहरुबीच साझा धारणा लिएर दाहाल आँफै कांग्रेस नेताहरुसँग छलफलमा बसेका थिए । जसअनुसार कांग्रेस विपक्षीहरुले भनेबमोजिम यस प्रकरणमा छानबिन समिति बनाउन तयार भएको हो ।

कांग्रेस नै तयार भएपछि एमालेपनि यसमा सहमत भएको बताईन्छ । सहमतिको मस्यौदा लिएर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न निस्किएका छन् ।

यता विपक्षी दलका नेता प्रचण्ड भने रास्वपाका नेताहरुसँग पूनः छलफलमा बसेका छन् । रास्वपा भने आफूले अघि सारेको यसअघिको पाँच बुँदे धारणामा अडिग रहेको बताईन्छ । तर, दाहालले सदनको अवरोध खुलाउने विषयमा लचकता अपनाउनुपर्ने र कांग्रेससँगको दूरी घटाएर जानुपर्ने मत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 80 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP