शनिबार , भाद्र १३, २०८३

भिजिट भिसा प्रकरणमा विपक्षीहरुको मागबमोजिम छानबिन समिति बन्ने भएको छ । यसको लागि नेपाली कांग्रेस तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिएको इनिसिएशनले सार्थकता पाएको छ ।

दाहालले नेपाली कांग्रेसका नेताहरुसँग लगातार छलफल गरेका थिए । विपक्षीहरुबीच साझा धारणा लिएर दाहाल आँफै कांग्रेस नेताहरुसँग छलफलमा बसेका थिए । जसअनुसार कांग्रेस विपक्षीहरुले भनेबमोजिम यस प्रकरणमा छानबिन समिति बनाउन तयार भएको हो ।

कांग्रेस नै तयार भएपछि एमालेपनि यसमा सहमत भएको बताईन्छ । सहमतिको मस्यौदा लिएर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न निस्किएका छन् ।

यता विपक्षी दलका नेता प्रचण्ड भने रास्वपाका नेताहरुसँग पूनः छलफलमा बसेका छन् । रास्वपा भने आफूले अघि सारेको यसअघिको पाँच बुँदे धारणामा अडिग रहेको बताईन्छ । तर, दाहालले सदनको अवरोध खुलाउने विषयमा लचकता अपनाउनुपर्ने र कांग्रेससँगको दूरी घटाएर जानुपर्ने मत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP