शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को गतिरोध हटाउने उद्देश्यले भेटवार्ता भएको स्पष्ट पारेका छन् । ११ महिनापछि पहिलोपटक प्रचण्ड र देउवाबीच द्धिपक्षीय भेटवार्ता भएपछि सांसद दाहालको यस्तो प्रतिक्रिया आएको हो ।

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले देउवा र दाहालबीचको भेटवार्तामा सदनको गत्यवरोध हटाउने विषयमा नै कुराकानी भएको स्पष्ट पारे । उनले भने,‘संसद्को गत्यवरोध कसरी अन्त्य गर्ने, शासन–सत्तामा देखिएका बेथिति, अराजकता, अनियमितता र भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हाम्रो तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले आफ्नो विषयवस्तु राख्नुभएको हो ।’

उनले आफूहरुको लागि मुख्य प्राथमिकतामा अहिले सरकार नपरेको स्पष्ट पारे । उनले भने,‘सरकार हाम्रो प्राथमिकतामा छैन, हाम्रो मुख्य प्राथमिकता भनेको अहिलेको अराजकता, बेथिति र विसंगति नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो कुरा हो । पछिल्लो समय प्रधानमन्त्री ओलीजीले कांग्रेसलाई सत्ता साझेदार दलको रुपमा स्विकार गर्नुभएन । सत्ताको सहयोगी दलको रुपमा स्विकार गर्नुभएको छ ।’

उनले देउवा र दाहालबीच कुराकानी सकारात्मक भएको दाबी गरे । उनले भने,‘माननीय शेरबहादुर देउवाजीपनि गम्भिर बन्नुभएको छ । प्रधानमन्त्री ओलीको शासन प्रक्रियाप्रति शेरबहादुरजीको कहीँ न कहीँ विमति देखिन्छनै । कमसेकम हामीले हाम्रो विषयवस्तु गम्भीरतापूर्वक राखेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP