मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् । संसद् भवनमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अदालतले माधव नेपालमाथि पक्कैपनि न्याय गर्ने आफ्नो विश्वास रहेको दाहालको भनाई छ ।

उनले भने,‘तर, कुरा के छ भने प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न जन्माएको छ । त्यो के भने पहिला अख्तियारले प्रधानमन्त्रीको बारेमा र क्याविनेटको डिसिजनको विषयमा अख्तियारको क्षेत्राधिकारभित्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवासको प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन्, जे गर्नुछ त्यो क्याविनेटले नै गरोस भनेर चिठ्ठी लेखेको छ । मैले आँफैले नै त्यो चिठ्ठी हेरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP