
गृहमन्त्री रमेश लेखकले राप्रपाका सांसदहरुलाई दिईएको पीएसओ तत्काल नपठाउने जवाफ दिएका छन् । राप्रपाका सांसदहरु ज्ञानेन्द्र बहादुर शाही, दीपकबहादुर सिंहलगायतको पीएसओ फिर्ता लिईएको विषयमा प्रश्न उठेपछि गृहमन्त्री लेखकले यस्तो जवाफ दिएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजावादी नेताहरुको पीएसओ कहिले पाउने भनेर राप्रपाकै सांसद बुद्धिमान तामाङले जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री लेखकले राजावादी आन्दोलन रोकिएसम्म भने । गृहमन्त्री लेखकको भनाई थियो,‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’