मंगलबार , असार १६, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

तर, सदनको अवरोध हटाउने विषयमा भने सहमति नभएको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीले बोलाएको बैठकमा हामी सहभागी भयौं । संसदको गतिरोध हल गर्नेबारे छलफल भयो । यस्तै, प्रतिगामीहरुको गतिविधिको विषयमा कुराकानी भयो । यी विषयमा छलफल भए । तर, ठोस निर्णय । सदन अवरोध हल गर्ने विषयमा सहमति भएन ।’

प्रधानमन्त्री ओलीले सदन अवरोध गर्नु राम्रो नहुने भन्दै खोल्नको लागि आग्रह गरेको पनि पाण्डेले जनाए । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकको राजीनामा नआउने अडान सुनाएका थिए । उनले भने,‘प्रधानमन्त्रीले राजीनामा होईन सदन खोलेर अघि बढौं भन्नुभयो । हामीले राजीनामाको विषयवस्तु यथावत छ भन्यौं । यो त सुशासनमा केन्द्रित विषय हो नि ।’

भिजिट भिसा प्रकरणमा गडबड भएको पाण्डेको भनाई छ । उनले भने,‘माननीय गृहमन्त्रीले यो समस्या हल गर्नको लागि राम्रोसँग अनुसन्धान गनकोलागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं । त्यो भनेको त राजीनामा नै भइहाल्छ । तर, प्रधानमन्त्रीले यो त कर्मचारीको कुरा हो भन्नुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP