बुधबार , जेठ २२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

तर, सदनको अवरोध हटाउने विषयमा भने सहमति नभएको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीले बोलाएको बैठकमा हामी सहभागी भयौं । संसदको गतिरोध हल गर्नेबारे छलफल भयो । यस्तै, प्रतिगामीहरुको गतिविधिको विषयमा कुराकानी भयो । यी विषयमा छलफल भए । तर, ठोस निर्णय । सदन अवरोध हल गर्ने विषयमा सहमति भएन ।’

प्रधानमन्त्री ओलीले सदन अवरोध गर्नु राम्रो नहुने भन्दै खोल्नको लागि आग्रह गरेको पनि पाण्डेले जनाए । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकको राजीनामा नआउने अडान सुनाएका थिए । उनले भने,‘प्रधानमन्त्रीले राजीनामा होईन सदन खोलेर अघि बढौं भन्नुभयो । हामीले राजीनामाको विषयवस्तु यथावत छ भन्यौं । यो त सुशासनमा केन्द्रित विषय हो नि ।’

भिजिट भिसा प्रकरणमा गडबड भएको पाण्डेको भनाई छ । उनले भने,‘माननीय गृहमन्त्रीले यो समस्या हल गर्नको लागि राम्रोसँग अनुसन्धान गनकोलागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं । त्यो भनेको त राजीनामा नै भइहाल्छ । तर, प्रधानमन्त्रीले यो त कर्मचारीको कुरा हो भन्नुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP