सोमबार , जेठ २०, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले मोहम्मद अफताब आलमलाई ६ महिनाको लागि गृहमन्त्री बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले विगतमा आलमको बारेमो टिप्पणी गर्र्दै ‘जिउँदो मान्छेलाई इटाभट्टामा हालेर जलाउने आलमलाई हामीले थुन्यौं’ भनेको स्मरण गराए । अहिले तिनै आलमलाई अदालतले सफाइ दिइसकेको भन्दै उनले अब गृहमन्त्री बनाउँदा उपयुक्त हुने भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओली शर्माले आफू सरकारमा हुँदाखेरी जिउँदै इटाभट्टामा मान्छे जलाएर मार्नेलाई मैले थुनामा राखेको भनी अहिले विभिन्न मिडियामा आइराखेको छ । अब त अदालतले सफाइ दिइसकेको छ अफ्ताबजीलाई । अब ६ महिनाको लागि गृहमन्त्रीमा अफ्ताबजीलाई नै बनाउन बाँकी छ । त्यो पनि देखाइदिनुस् न । साढे २ वर्षपछि हामी चुनाव लडेर त्यो बेलामा बहुमत ल्याएर सरकार बनाउँला,’– उनले भने ।

आलमविरुद्ध गत २०६४ संविधान सभाको निर्वाचनको बेला २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएकोमा न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासले प्रतिवादी आलमलगायतलाई जन्मकैदको सजाय सुनाएको थियो । व्यक्ति हत्या प्रकरणमा जिल्ल अदालतबाट दोषी ठहर भएका आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो ।

नेता सिंहले अहिले देशका अराजकता बढ्दै गएको भन्दै अब यही व्यवस्था कायम रहेको खण्डमा देश डुब्ने सुनिश्चित रहेको बताए । ‘आज जुन तरिकाबाट यो देश ड्राइभ भइराखेको छ, त्यो राष्ट्र डुब्ने सुनिश्चित भइसकेको छ । यो अब कसले बचाउने भन्नुस् त ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP