मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् नचल्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुन सक्ने भन्दै अहिले चर्चा भइरहेको र निष्पक्ष छानविनको लागि लेखकले गहृमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ ।

‘गृहमन्त्रीले राजीनामा नदिएसम्म अहिलेको यो नियमित संसद् पनि चल्न नदिने भन्ने कुरा हामी प्रमुख प्रतिपक्षी दललगायत विपक्षमा रहेका सबै दलहरुको त्यो खालको सोचाइ छ । त्यो भएको कारणले गर्दा हामी २० गतेदेखि राजीनामा दिनुभयो भने स्वतः चलिहाल्छ । राजीनामा नदिने हो भने चल्दैन,’– उनले भने ।

भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख डिलिङ हुने गरेको कुरा आइरहेको र सो पैसा गृहमन्त्रीलाई मात्रै नभएर त्योभन्दा माथिल्लो तहमा समेत पुगेको हुनसक्ने उनले आशंका व्यक्त गरे । संसद् चल्नका लागि विपक्षीहरुको बटमलाईन गृहमन्त्रीको राजीनामा रहेको उनले बताए । नेता तामाङले गृहमन्त्री लेखकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गर्नुको कुनै औचित्य नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP