मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आवश्यक परे जेल हाल्नेसम्मको चेतावनी दिएका छन् । उनले पहिले ज्ञानेन्द्रको सेक्युरिटी झिकिदिने र दोस्रो शाहलाई नजरबन्दमा राख्न सकिने बताएका छन् । आज (बिहीबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दाहालले यस्तो बताएका हुन् ।

उनले आफू सरकारको नेतृत्वमा हुँदा अनुसन्धानको सुई बुढानिलकण्ड र बालकोटतर्फ नै सोझिएपछि सरकार ढाल्ने षड्यन्त्र भएको खुलासा गरे । उनले भनेका छन्,‘प्रधानमन्त्री केपी ओलीजीले नै एउटा कार्यक्रममा बोल्नुभयो–यदि हामीले तुरुन्तै सरकार नढालेको भए त हामीलाई नै थुन्ने स्थिति आयो भनेपछि को रहेछ भनेर बुझ्न परेन ? फेरि मेरै मुखबाट किन भन्न लगाउनुहुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP